१ कार्तिक २०८३, शनिबार

सांसद केसीको प्रश्न– प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्ने लडक हो कि एक्लै परेको ? भन्दै प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठमा बोल्दै उनले प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ?’ केसीले प्रश्न गरे ।

देश र जनताको हितमा सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै उनले आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

लोकतन्त्रमा परिणाम मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्ने उनको भनाइ छ ।