२८ आश्विन २०८३, बुधबार

रोकिएन संसदमा विरोध, बैठक सुरू भएलगत्तै आज पनि विपक्षीको विरोध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि बिपक्षी दलका सांसदहरुले सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् ।

बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद भरत कुमार स्वारलाई बोल्न समय दिए ।

सांसद स्वारले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे जिम्मेवार अभिव्यक्ति नदिएको र संसदमा माफी माग्नुको साटो आफू ’नाकाबन्दी वा घेराबन्दीमा परेको’ भन्दै अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका थिए । साथै, लिम्पियाधुरा, कालापानी, र सुस्ता नेपालको भूभाग भएको स्पष्ट हुँदाहुँदै पनि सरकार मूकदर्शक बनेको उनको भनाइ छ ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सबै नेता तथा जनप्रतिनिधिहरूको सम्पत्ति, सुनचाँदी, र जमिनको फाइल खोलेर निष्पक्ष छानबिन गर्न चुनौती समेत दिए ।

उनले बिभिन्न घटनाका घटनाका छानबिन प्रतिवेदन पारदर्शी तरिकाले जनतासामु ल्याउन प्रधानमन्त्रीलाई कसले रोकेको छ ? भन्दै प्रश्न गरे । त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै रहने धारणा राखेका छन् ।