काठमाडौं । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (न्यू इभी)का लागि आधार दर प्लस ०.५ प्रतिशत (बेस रेट प्लस ०.५ प्रतिशतबाट सुरु)को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको जनाएको छ ।
बैंकका अनुसार अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ इभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं. ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरूमार्फत सजिलैसँग आवेदन दिन सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।













प्रतिक्रिया