२८ आश्विन २०८३, बुधबार

गगन थापालाई केही नभनेरै अपमान महसुस गराऔँ : शशांक कोइराला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले काँग्रेस सभापति गगन थापालाई गाली नगर्न आग्रह गरेका छन् ।

संस्थापन इतर समूहको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गगनलाई गाली गरेर थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्। गाली गर्‍यो भने झन् महत्त्व दिएको हुने उनको भनाइ छ ।

उनले भने, ‘हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन। हैन र ? गाली गर्‍यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ। त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस्। त्यो नै सबभन्दा ठूलो अपमान हो।’

आफूलाई पार्टीले अहिले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी सुम्पेको उल्लेख गर्दै कोइरालाले सबै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।

कोइरालाले भने, ‘आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले। संयोजक बनाएर। म एक्लो मान्छे हो। तर म के चाहन्छु भने सबै समावेश गरेर। त्यसैले पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो।’