२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाह र श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

प्रधानमन्त्री बालेनले आजै चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।