२८ आश्विन २०८३, बुधबार

सरकारले किसानलाई मल उपलब्ध गराउन सकेन : प्रचण्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले रोपाईँ सकिँदा समेत सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै आलोजना गरेका हुन् ।

उनले भनेका छन्, ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन । यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’

मल आयातको प्रक्रिया जटिल रहेकोले समयमा नै पूर्व तयारी आवश्यक हुने बताउँदै उनले आफू नेतृत्वको सरकारले समयमै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को वर्षका लागि समेत पहिलै बजेट सुनिश्चित गरेको स्मरण गरे ।

उनले थपेका छन्, ‘मेरो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको विदितै छ।’ प्रचण्डलेआगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गरेका छन्।