चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनीमा गएराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा ३ ख २७२८ नम्बरको बसले खैरहनी नगरपालिका–१ शाहीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका नामथर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया