१ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ ।

दिउँसो १ बजेबाट बस्ने बैठकमा बैठकमा परराष्ट्रमन्त्री र युवा, श्रम तथा रोजगार मन्त्रीहरूले मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिनेछन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन), विधेयक २०८३, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संसोधन) विधेयक, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूचीमा उल्लेख छ ।