२८ आश्विन २०८३, बुधबार

परन्तप र लिजाले जिते ‘मोडल हन्ट नेपाल’को उपाधि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन् ।

भण्डारी मेल र श्रेष्ठ फिमेलतर्फको शिर्ष विजेता घोषित भएका हुन् । दुवै विजेताले नगद ५ लाख बराबरको पुरस्कारको अलवा आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगरसहित तीन र श्रेष्ठले कमर्सियल मोडलको उपाधि समेत हात पारेका थिए ।

शनिबार दरबारमार्गस्थित होट याक एण्ड यतिमा अबेर साँझ एक भव्य समारोहका बीच आयोजित कार्यक्रममा मेलतर्फ प्रथम रनर अप अनुस्कृत न्यौपाने, सेकेन्ड रहन अप सुशान्त प्रजापति चुनिँदा फिमेलतर्फ फष्ट रनर अप प्रियंका ओली र सेकेन्ड रनर अप खुसी बोहरा घोषित भए ।

२६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र उगेश्ना तिमल्सिना, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइस सुशान्त प्रजापति र प्रियंका ओली, मस्ट फोटो जेनिक सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगर सिम्रन कार्की , कमर्सियल मोडल अनुस्कृत न्यौपाने, बेस्ट कन्टेन्ट क्रिएटर सृष्टि न्यौपाने बन्न सफल भए ।

नेपालकै बृहत् र स्तरीय मानिएको यो मोडलिङ प्रतियोगितामा निर्णायकहरू माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल, मनिष राई रहेका थिए ।

प्रतियोगिताको यो १० औं सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना भएको थियो ।

प्रतियोगीहरु व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षाको प्रशिक्षणसहित फाइनलमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

मोडलिङका लागि आवश्यक अन्तर्राष्ट्रियस्तरको ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउनसक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ ।

प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गरेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

कोरियोग्राफर सविता कार्की, मोन्टर अजय गुरुङ रहेको प्रतियोगिताको फेसन डिजाइनर मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर, विमिन्स प्लानेट रहेका थिए ।