१ कार्तिक २०८३, आइतबार

सिंहदरबारको नाम फेर्नुपर्ने हरि ढकालको प्रस्तावमा श्रेष्ठको कटाक्ष– जसको मनमा हरि छैन उसको नाम हरि ! गोबर राखे हुन्न ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपा नेता मोहनकुमार श्रेष्ठले आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिएका हुन् ।

श्रेष्ठले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चाँहि हरि ? गोबर नाम राखे हुन्न ?’

ढकालले आज एक कार्यक्रममा नेपालमा सिंह नभएकाले सिंहदरबारको नाम उपयुक्त नभएको र त्यसको नाम अनामनगर दरबार राख्नुपर्ने टिप्पणी गरेका थिए ।