काठमाडौं । विद्यार्थी आन्दोलनपछि भारतको शिक्षामन्त्रीबाट राजीनामा दिन बाध्य भएका भाजपाका वरिष्ठ नेता धर्मेन्द्र प्रधानले पहिलोपटक आफ्नो राजीनामाबारे बोलेका छन् ।
नीट परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विवाद र त्यसपछि भएका विद्यार्थी आन्दोलनबारे उनले आफ्ना कुरा राखेका हुन् ।
शनिबार भुवनेश्वरमा जीएम यूनिवर्सिटीमा विद्यार्थी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उनले जेनजी उमेर समूहका विद्यार्थीहरुलाई कसैले बहकाउने प्रयास गरेको बताए ।
‘जेनजी हाम्रै छोराछोरी हुन् । केही मानिसहरूले उनीहरूलाई बहकाउने प्रयास गरे । प्रधानमन्त्री मोदीसँग परामर्श गरेपछि मात्र मैले पदबाट राजीनामा दिएँ ।’ उनले भने, ‘जेनजीलाई बेवास्ता गर्न सकिँदैन । देशका युवाहरूको दृढ संकल्प र आकांक्षाहरूको तुलनामा शिक्षामन्त्रीको जिम्मेवारी निकै सानो लाग्छ । त्यसैले नै यो पद मेरा लागि महत्त्वपूर्ण थिएन ।’
नीट परीक्षाको प्रश्नपत्र चुहावटको विषयलाई लिएर जन्तरमन्तरमा भएको विरोध प्रदर्शनपछि २५ जुलाईमा प्रधानले शिक्षामन्त्री पदबाट राजीनामा दिएका थिए ।













प्रतिक्रिया