१ कार्तिक २०८३, आइतबार

महासचिव पोखरेलसहितका नेताले लिए थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, सचिव राजन भट्टराई लगायतका नेताहरूले एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनीहरुले शनिबार वीर अस्पताल पुगेर उपचाररत थपलियाको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका हुन् । उनीहरूले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

चिकित्सकहरूले थपलियाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी गराएका छन् ।

भक्तपुर गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बागमती प्रदेश सरकार गठनसम्बन्धी छलफल चलिरहेका बेला थपलियाको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।