२८ आश्विन २०८३, बुधबार

देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेताकार्यकर्तालाई महतको आह्वान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा विमानस्थलमा उपस्थित भएर स्वागत गर्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

शनिबार काठमाडौंको बसुन्धारामा आयोजित नुवाकोट–१ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै महतले देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता–कार्यकर्ताको उपस्थितिका लागि आग्रह गरेका हुन् ।

महतका अनुसार देउवा २६ गते राति ९ः४५ बजे नेपाल फर्किने पूर्वनिर्धारित कार्यक्रम छ । तर, नेता–कार्यकर्तालाई सहज हुनेगरी दिउँसोको समयमै ल्याउने प्रयास भइरहेको महतले बताए ।

उनले भने, ‘अहिलेसम्म देउवा आउने पूर्वनिर्धारित कार्यक्रम २६ गते ९ः४५ बजे नै छ । तर, सबैलाई सजिलो होस् भनेर हामी सकेसम्म दिउँसोको समय मिलाउने कोसिस गरिरहेका छौँ ।’

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए ।

कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तयारी छ ।

भेलाको तयारीका लागि संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।