२८ आश्विन २०८३, बुधबार

तराई–मधेश केन्द्रितसहित ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तरार्ई–मधेश केन्द्रित दलसँग जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) पनि एक ठाउँमा उभिएको छ ।

आज काठमाडौंमा ‘अग्रगामी मोर्चा’ नामक गठबन्धनको औपचारिक घोषणा कार्यक्रममा प्रलोपा पनि जोडिएको हो ।

जनता समाजवादी पार्टी (जसपा), आम जनता पार्टी (आजपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित सात साना दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन् ।

काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रममा नेताहरूले सम्बोधन गरिरहेका छन् ।

मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल लगायतका दलका शीर्ष नेताहरू सहभागी रहेका छन् ।

मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आवद्ध प्रलोपा पनि जोडिएको छ ।