२८ आश्विन २०८३, बुधबार

सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर प्रहरी जवानको मृत्यु

ड्युटीमा रहँदा अचानक ढलेका थिए जवान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड स्टार सलमान खानको निवास बाहिर तैनाथ एक प्रहरी जवानको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार उनको मृत्युको कारण हृदयाघात हो ।

समाचार अनुसार मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार कन्स्टेबल गणेश सलमान खानको घरबाहिर खटिएका थिए । ४१ वर्षीय उनी लरेन्स विश्नोईबाट सलमान खानलाई रहेको खतरालाई मध्यनजर गर्दै सुरक्षा प्रदान गर्न खटाइएको प्रहरी टोलीमा सामेल थिए ।

कन्स्टेबल गणेश अचानक बिरामी भई ढले । घटनास्थलमा रहेका अन्य प्रहरी कर्मचारीहरूले उनलाई तत्काल नजिकैको अस्पताल पुर्‍याए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे । प्रहरीका अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो ।

हाल सलमान खानको निवास निगरानीमा राखिएको छ र उनलाई प्रहरी सुरक्षा प्रदान गरिएको छ ।

हाल सलमान खानको निवास निगरानीमा राखिएको छ र उनलाई प्रहरी सुरक्षा प्रदान गरिएको छ ।

 

लरेन्स गिरोहबाट धम्की आएपछि सन् २०२३ मा सलमानको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनलाई महाराष्ट्र सरकारले ‘वाई प्लस’ श्रेणीको सुरक्षा प्रदान गरेको छ । उनीसँग सधै ११ जनाको टोली रहने गर्छ, जसमा एक वा दुई कमान्डो र दुईजना व्यक्तिगत सुरक्षा अधिकारी समावेश हुन्छन् ।

सलमानको गाडीलाई सधै दुईवटा गाडीले स्कर्ट अर्थात सुरक्षा घेरामा राखेर लैजाने गर्छन्, एउटा अगाडि र अर्को पछाडि । साथै, सलमानले आफ्नै गाडी पूर्ण रूपमा बुलेटप्रुफ बनाएका छन् । ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको घटना पछि गत जनवरीमा सलमानको अपार्टमेन्टको ब्याल्कनीलाई बुलेटप्रुफ बनाइएको थियो । परिसरको वरिपरि उच्च रिजोल्युसनका क्यामेराहरू पनि जडान गरिएका छन् ।

पछिल्ला अनुसन्धानहरूले यो खुलासा गरे कि गोली चलाउनुको उद्देश्य सलमान खानलाई धम्क्याउनु थियो । यो आक्रमण लरेन्स गिरोहको निर्देशनमा गरिएको थियो ।

पछिल्ला अनुसन्धानहरूले यो खुलासा गरे कि गोली चलाउनुको उद्देश्य सलमान खानलाई धम्क्याउनु थियो । यो आक्रमण लरेन्स गिरोहको निर्देशनमा गरिएको थियो ।

 

सन् २०२२ मा पञ्जाबी कलाकार सिद्धु मुसेवालाको हत्यापछि लरेन्स चर्चामा आएका थिए ।

‘हम साथ साथ हैं’ चलचित्रको छायाङ्कनका क्रममा भएको ‘ब्ल्याकबक’ अर्थात ‘काला हिरण’को अवैध सिकार प्रकरणमा सलमान खानको कथित संलग्नतालाई लिएर उनले अभिनेतालाई ज्यान मार्ने धम्की समेत दिएका छन् ।

१४ अप्रिल २०२४ मा, बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका पनि थिए । गोली चल्दा सलमान आफ्नै घर भित्र थिए । उक्त घटनापछि उनको निवासबाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।