२९ आश्विन २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देिख अगस्ट ०७)को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्धेश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको हो ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमको अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गरेकी हुन् । महिला कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भुमिका निर्वाह गराउने, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरणलाई प्रवर्द्धन गर्ने तथा महिला सशक्तिकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधिहरु गर्दै आएको उक्त फोरम बैंकको ३२ औं वार्षिक उत्सवको अवसरमा गठन गरिएको थियो ।

महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृती निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने बैंकको र्दीघकालीन प्रतिबद्धताको निरन्तरता स्वरुप यो पहल गरिएको बैंकले जनाएको छ ।

यस अवसरमा बैंकले सबै कार्यस्थलहरुलाई मातृत्व मैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरुको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सदैव प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेको छ ।