२८ आश्विन २०८३, बुधबार

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो ‘रामायण’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । रणवीर कपुर अभिनित चलचित्र ‘रामायण’को ट्रेलरले इतिहास रचेको छ ।

यो भारतकै पहिलो चलचित्र ट्रेलर हो, जसले १ अर्ब अर्थात १०० करोडको डिजिटल भ्युज प्राप्त गरेको छ । यसमध्ये, करिब ६० करोड भ्युज त इन्स्टाग्राममा रहेको हिन्दी संस्करणबाट मात्रै प्राप्त भएको हो ।

‘रामायणः भाग १’को ट्रेलर ३० जुलाईको बिहान ४ः१५ बजे सार्वजनिक गरिएको थियो । यसले सुरुवाती ६ घण्टाभित्रै ५० लाख (५ मिलियन) भ्युज बटुल्यो । ट्रेलरले १ करोड (१० मिलियन) भ्युजको आँकडा पार गर्न जम्मा नौ घण्टा लगायो ।

२४ घण्टाभित्रै यस ट्रेलरले युट्युबमा ४ करोड ५० लाख (४५ मिलियन) भ्युज पायो, जसमध्ये ३ करोड ६४ लाख अर्थात ३६.४ मिलियन भ्युज हिन्दी संस्करणबाट आएका थिए भने बाँकी कन्नड लगायत अन्य भाषाहरूबाट प्राप्त भएका थिए ।

कन्नड सुपरस्टार यशले यस चलचित्रमा अभिनय गरिरहेकाले सुरुदेखि नै कन्नड संस्करणको उच्च माग देखिएको छ । पहिलो दिनमै ‘रामायण’को ट्रेलरले ३ करोड ६४ लाख (३६.४ मिलियन) भ्युज बटुल्यो । यो कुनै असाधारण संख्या भने होइन किनकी अन्य २० वटा भारतीय चलचित्रहरूले पहिलो २४ घण्टाभित्रै यसभन्दा बढी भ्युज पाइसकेका छन् ।

यद्यपि, दोस्रो दिनमा भने चलचित्रले निकै ठूलो गति लियो । ‘वर्ल्ड अफ रामायण’, ‘सोनी पिक्चर्स’, ‘टी सिरिज’ र ‘धर्मा प्रोडक्सन्स’ जस्ता च्यानलहरूबाट यो ट्रेलर साझा गरिएकाले यसको दर्शक संख्यामा भारी वृद्धि देखियो । यसले इन्स्टाग्राम र फेसबुकमा पनि उल्लेख्य भ्युज प्राप्त गर्‍यो । फलस्वरूप, चलचित्रले ४८ घण्टाभित्रै ३५ करोड (३५) मिलियन भ्युज बटुल्यो ।

‘रामायण’को ट्रेलरले चार दिनभित्रै ८० करोड (८० मिलियन) भ्युज बटुल्यो । यो चलचित्रले छिट्टै १ अर्ब (१ बिलियन) भ्युजको आँकडा पार गरेको छ । र, अचम्म लाग्दो तरिकाले वास्तवमै ‘रामायण’ले त्यो लक्ष्य हासिल गर्‍यो । उल्लेखनीय कुरा के छ भने ‘रामायण’ले यो प्रभावशाली उपलब्धि हासिल गर्न जम्मा ६ दिन मात्र लगायो । यस सफलतामा इन्स्टाग्रामले महत्त्वपूर्ण भूमिका खेल्यो, केवल ‘वर्ल्ड अफ रामायण’ पेजमा मात्रै यस चलचित्रले ७६ करोडभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।

यस कुल संख्यामध्ये ६० करोड भ्युज हिन्दी ट्रेलरबाट प्राप्त भएका हुन् भने बाँकी अन्य भाषाहरूबाट आएका हुन् । यसअघि भारतमा कुनै पनि चलचित्रको ट्रेलर ‘१ अर्ब डिजिटल भ्युज’को आँकडाको नजिक समेत पुगेको थिएन तर ‘रामायण भाग १’ले मात्र ६ दिनमा यो उपलब्धि हासिल गरेर रेकर्ड कायम गरेको छ ।

संयोगवश, निर्माताहरूले अस्ति अंग्रेजी ट्रेलर पनि सार्वजनिक गरेका छन्, यसका कारण उक्त संख्यामा अझ उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।