१ कार्तिक २०८३, शनिबार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा रास्वपा सांसदले मच्चाए भाँडभैलो 

प्रहरीले सांसदलाई निकाल्यो बाहिर 

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । सिरहामा हिन्दू–मुस्लिम समुदायले संयुक्त रूपमा आयोजना गरेको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा रास्वपा सांसदले भाँडभैलो मच्चाएका छन् ।

सद्भाव कायम गर्ने उदेश्यले आयोजित कार्यक्रममा सांसद तपेश्वर यादवले भड्काउपूर्ण अभिव्यक्ति दिएपछि भाँडभैलो भएको हो ।

दुवै समुदायका साथै व्यवसायी लगायतको सहभागीता रहेको कार्यक्रममा सांसद यादवले गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि तनाव भएको हो ।

रास्वपाका कार्यकर्ता र अन्यबीच केही बेर भनाभन समेत भएको थियो ।

महोल बिग्रने देखिएपछि प्रहरीले सांसद यादवलाई कार्यक्रम हलबाट बाहिर निकालेको थियो ।