काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन्।
बिहीबार बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा दोलखा, शैलुङकी ४० वर्षीया जेनिसा लामा रहेकी छिन् ।
घाइते ६ जनालाई बि एण्ड बी अस्पतालमा लगिएको छ। प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया