१ कार्तिक २०८३, आइतबार

टाँगटिङ खोलामा बगेको शवको पहिचान खुल्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१ बुधबारे नमूना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू हुन् ।

बुधबार दिउँसो करिब ४ः३५ बजे टाँगटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएर किनारमा ल्याएको अवस्थामा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । मृत्युको कारण शवपरीक्षण प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ ।