३१ आश्विन २०८३, शनिबार

निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा परेर मृत्यु भएको कीर्तिमान नेपाली मूलका आरोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ ।

बेलायतका स्थायी बासिन्दा रहेका पुर्जाको शव अन्त्येष्टिका लागि बेलायत लगिने भएको हो । उनको परिवार बेलायतमै बस्दै आएको छ ।

उनको शव ब्रोक पिकबाट आधार शिविरमा ल्याइएको छ । उनको शव पाकिस्तानाको स्कार्डोमा पुर्‍याउन अझै २ दिन लाग्ने र त्यसपछि लण्डन लगिने बताइएको छ ।

पुर्जासहितको दश जनाको टोलीको नै हिमपहिरोमा परेर मृत्यु भएको थियो । जसमा ६ जना नेपाली परेका थिए । बाँकी नेपालीको शव भने नेपाल नै ल्याइनेछ ।

गत शुक्रबार उनीहरू हिमपहिरोमा परेका थिए । तीनजना भने अझै बेपत्ता छन् ।