१ कार्तिक २०८३, शनिबार

ब्रोड पिकमा ज्यान गुमाएका निर्मल पुर्जासहित ३ जनाको शव आधार शिविरमा ल्याइयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका निर्मल पूर्जासहित तीनजनाको शव आधार शिविरमा ल्याइएको छ ।

पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव आधार शिविरमा ल्याएको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका मिङमा डेभिड शेर्पाको नेतृत्वमा शव संकलन गरिएको हो । पूर्जासहितको टोली हिमपहिरोमा परेको खबर पाएलगत्तै सांसद शेर्पा टोलीसहित पाकिस्तान गएका थिए ।

सांसद शेर्पाका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन । हिमपहिरोमा परेर ६ जना नेपालीसहित दश जनाको मृत्यु भएको थियो।