काठमाडौं। नेपाल टेलिकमले बक्यौता महसुल तिर्ने ग्राहकलाई जरिवाना छुटसहित सेवा नियमित गर्ने अवसर दिएको छ।
कम्पनीले सूचना जारी गर्दै दूरसञ्चार सेवा प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम बाँकी रहेका ग्राहकले २०८३ पुस मसान्तभित्र सबै बक्यौता महसुल भुक्तानी गरेमा लाग्ने जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेको हो ।
टेलिकमले सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा नियमित गर्न अनुरोध गरेको छ।
त्यस्तै, सूचना प्रकाशित भएको मितिसम्म सम्पर्कमा नआउने वा बक्यौता रकम नतिर्ने ग्राहकको नाम, ठेगाना र अन्य विवरण कम्पनीको वेबसाइट तथा राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशित गरी असुलउपर प्रक्रिया अघि बढाइने नेपाल टेलिकमले स्पष्ट पारेको छ ।














प्रतिक्रिया