काठमाडौं । नेपाली फिल्ममा समेत अभिनय गरेका चर्चित भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।
उनको मंगलबार मुम्बईमा निधन भएको हो ।
फिल्म ‘लगान’ चलचित्रमा उनीसँग काम गरेका अभिनेता यशपाल शर्माले इन्स्टाग्राममार्फत रावतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनको खबर सार्वजनिक गरेका हुन् ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, रावतका म्यानेजर सिद्धार्थ तिवारीले उनको निधनको पुष्टि गरेका छन् । उनले बताएअनुसार अभिनेता रावत क्यान्सरबाट पीडित थिए ।
रावतले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, बङ्गाली र भोजपुरी चलचित्रहरूमा काम गरेका थिए । उनले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’ र ‘आबाट आमा’मा समेत अभिनय गरेका थिए ।
उनी विगत एक महिनादेखि मुम्बईमा उपचाररत थिए ।
उनको आज बुधबार साँझ मुम्बइमै अन्तिम संस्कार गरिने बताइएको छ ।













प्रतिक्रिया