१ कार्तिक २०८३, आइतबार

बाँकेमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।

मंगलबार इट्टा भट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान उपचारकै क्रममा मृत्यु छ ।

प्रहरीका अनुसार मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।