१ कार्तिक २०८३, आइतबार

कांग्रेसको सम्भावित विभाजन रोक्न तेस्रो धारका युवाहरूको राष्ट्रिय भेला आज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको सम्भावित विभाजन रोक्नका लागि आज तेस्रो धारका युवाको सक्रियतामा विशेष भेला हुँदैछ ।

शेरबहादुर देउवा पक्षधरले साउन २९–३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको र साउन २४ गते कांग्रेस संस्थापन पक्षले केन्द्रीय समितिको बैठक बोलाइरहेको सन्दर्भमा सम्भावित पार्टी विभाजन रोक्नका लागि सक्रिय तेस्रो धारका युवा नेतृत्वले आज विशेष भेला गर्न लागेका हुन् ।

नैनसिंह महर र रञ्जित कर्ण लगायत युवा नेतृत्व सक्रिय रहेको तेस्रो धारको नेताहरूले आज बिहान ११ बजेबाट भेला सुरू गर्दैछन् । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सो भेला बस्नेछ ।

गत चार दिन अघि ‘देश र कांग्रेस जोड्ने अभियान’को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने जानकारी दिएको थियो ।

पार्टी भित्रको भित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको नेता महरले जानकारी दिएका छन् ।

पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको महरले बताए ।