काठमाडौं । लायन्स क्लब अफ काठमाडौं न्यू रोयल सिटी (डिस्ट्रिक्ट ३२५ एफ) ले मंगलबार बसुन्धरास्थित चिरायु नेसनल हस्पिटलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका छन्। कार्यक्रममा सहभागी प्रत्येक रक्तदातालाई आयोजकले सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरेको छ।
क्लबकी अध्यक्ष कल्पना श्रेष्ठले मानव सेवालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदानले आपतकालीन अवस्थामा बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्।
रक्तदान कार्यक्रम सफल बनाउन चिरायु नेसनल हस्पिटल, लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनी ९डिस्ट्रिक्ट ३२५ एम०, ठमेल सिजन्स होटल तथा विकास टाइम्स लगायत विभिन्न संस्थाले सहकार्य गरेका थिए।
आयोजकले रक्तदानमा सहभागी सबै रक्तदाता तथा कार्यक्रमलाई सहयोग गर्ने संघ–संस्थाप्रति आभार व्यक्त गर्दै समाजहितका अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया