३१ आश्विन २०८३, शनिबार

ग्यास पाइएन ? यो नम्बरमा फोन गर्नुहोस्

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढिरहेका बेला नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित रहेको स्पष्ट पारेको छ। निगमले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलाग्न र समस्या परे सिधै निगममा सम्पर्क गर्न आग्रह गरेको हो।

निगमका अनुसार हाल देशभर मागअनुसार ग्यास आयात र वितरण भइरहेको छ। पछिल्ला दिनमा उपभोक्ताले ग्यासको सञ्चिती बढाएकाले अभागको समस्या देखिएको निगमले जनाएको छ । काठमाडौं उपत्यकामा बढी माग हुने ब्रान्डका ग्यास सिलिन्डर टेकुस्थित निगमको कार्यालयबाट समेत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

निगमले ग्यास विक्रेतालाई घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्न, खरिदकर्ताको विवरण अभिलेख राख्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई विशेष प्राथमिकता दिन निर्देशन दिएको जनाएको छ।

यदि कुनै उपभोक्ताले ग्यास नपाएको, कृत्रिम अभाव सिर्जना गरिएको वा अन्य समस्या भोग्नुपरेमा नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा कार्यालय समयभित्र सम्पर्क गरी गुनासो दर्ता गर्न सकिने निगमले जनाएको छ। उपत्यका बाहिरका उपभोक्ताले भने सम्बन्धित प्रादेशिक वा शाखा कार्यालयमार्फत सेवा लिन सक्नेछन्।