२८ आश्विन २०८३, बुधबार

एमाले सचिव महेश बस्नेतले भने– जगन्नाथ थपलियाबारे फैलाइएका समाचार भ्रामक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक रहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले अध्यक्ष निवासमा भएको छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा थपलिया केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको बताएका हुन्। त्यस अवस्थालाई तोडमोड गरेर अनावश्यक रूपमा प्रचार गरिएको उनको भनाइ छ।

बस्नेतले यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न आग्रह गर्दै बागमती प्रदेश सरकार गठनको प्रक्रिया सहमति र लोकतान्त्रिक प्रक्रियाअनुसार नै अघि बढिरहेको स्पष्ट पारेका छन्।

उनका अनुसार एमाले र नेकपाबीच भएको सहमतिअनुसार प्रदेशका सांसद तथा पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको छ। पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भए पनि सहमति हुन नसके संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिने उनले उल्लेख गरेका छन्।

बस्नेतले एमाले र नेकपा मिल्दा पनि प्रदेशसभामा बहुमतका लागि थप तीन सिट आवश्यक रहेकाले सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार निर्माणका लागि पार्टी अध्यक्षसहित शीर्ष नेतृत्वले आवश्यक पहल गरिरहेको बताएका छन्।