काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेको छ ।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेको हो ।
शाइन रेसुंगाले बेस्ट डेभलपमेन्ट बैंक अवार्डसँगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको हो ।
विकास बैंकतर्फ शाइन रेसुंगाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
शाइन रेसुंगा रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो ।
अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्र्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुलारूपमा आवेदन आह्वान गरेको थियो । यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादन लगायतका विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।













प्रतिक्रिया