१ कार्तिक २०८३, आइतबार

घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सिरहाको सवडिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेबल राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अधिकृत आठौँ प्राविधिक यादवले काष्ठ उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भएरनभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने तथा काठ बोकेर आएका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिइ घुस मागेको आरोप लागेको हो ।

सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार घुस लिइसकेका अवस्थामा पक्राउ गरेको थियो । रासस