काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २९ गते स्वदेश फर्कने भएका छन् ।
उनी निकट स्रोतका अनुसार हङकङमा रहेका देउवाले सोही दिनका लागि नेपाल आउनका लागि हवाई टिकट बुक गरिसकेका छन् ।
स्रोतका अनुसार देउवा एक्लै स्वदेश फर्किनेछन् ।
उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने उनीसँगै नेपाल नआउने बुझिएको छ ।
जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँबाट उनीहरु हङकङ पुगेका थिए ।















प्रतिक्रिया