२८ आश्विन २०८३, बुधबार

तराईको तनावले राज्यको क्षमतामा गम्भीर प्रश्न खडा गर्‍यो : विष्णु रिजाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले राज्यको कमजोर उपस्थिति र गुम्दो आत्मविश्वासले राष्ट्रिय सुरक्षामाथि गम्भीर असर पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै रिजालले वर्तमान अवस्था कुनै एक सरकार वा राजनीतिक दलको मात्र विषय नभई समग्र राष्ट्रसँग जोडिएको सवाल भएको उल्लेख गरे । उनले देश अत्यन्त संवेदनशील अवस्थामा पुगेको टिप्पणी गर्दै राज्यको स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठे विदेशी लगानी आकर्षित गर्न र आर्थिक विकासमा फड्को मार्न कठिन हुने उनको धारणा छ ।

रिजालले हालै मधेशमा देखिएको धार्मिक तनावको प्रसंग उल्लेख गर्दै केही व्यक्तिबाट सुरु भएको घटनालाई नियन्त्रणमा लिन राज्य संयन्त्रले निकै कठिनाइ भोग्नुपरेको उल्लेख गरे । उक्त घटनाले राज्यको क्षमता र प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ । रिजालले राज्यको आत्मविश्वास पुनःस्थापित गर्न नसकिए भविष्यमा कुनै पनि ठूलो संकट आउनसक्ने चेतावनी दिएका छन् ।

रिजालले राज्यलाई थप सक्षम, प्रभावकारी र आत्मविश्वासी बनाउन सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।