२८ आश्विन २०८३, बुधबार

आस्था न्यौपाने, सुजेन सिंह खड्का र बिमल अधिकारीको अभिनयमा ‘ओइ रामकली, ओइ श्यामकली’ तीज गीत सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरितालिका तीज–२०८३ लाई लक्षित गर्दै ‘ओइ रामकली, ओइ श्यामकली, मैले लाउँछु खान्छु, नबस है त जली’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।

भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको गीतको भिडियोमा आस्था न्यौपाने, सुजेन सिंह खड्का र बिमल अधिकारीको अभिनय तथा नृत्य रहेको छ ।

गीतमा रचना रिमाल, अञ्जिता विश्वकर्मा र बिमल अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत बिमल अधिकारीकै रहेको छ । संगीत संयोजन आदित्य फुकुनले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार भएको भिडियोको छायांकन महेश महराले गरेका छन् । सम्पादन दीपक विष्ट र मेकअप सीता मगरले गरेकी हुन् ।

तीज पर्वको उल्लास र मनोरञ्जनलाई समेटिएको उक्त गीत भावना म्युजिक सोलुसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।