२८ आश्विन २०८३, बुधबार

इरान–अमेरिका तनावकाबीच इजिप्टको बन्दरगाहमा पहिलोपटक ड्रोन आक्रमण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरान र अमेरिका तनावकाबीच पहिलोपटक इजिप्टको एउटा बन्दरगाहमा आक्रमण भएको छ ।

बुधबार इजिप्टको डामिएटा बन्दरगाहमा रहेको दुईवटा ग्यास ट्यांकरमा आगलागी भएको थियो ।

इजिप्ट सरकारलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले बिहीबार जनाएअनुसार उक्त आगलागी दुर्घटना नभई ड्रोन आक्रमण थियो ।

रिपोर्ट अनुसार, एउटा ड्रोनले अमेरिकी कम्पनीको स्वामित्वमा रहेको प्राकृतिक ग्यास भण्डारण ट्यांकर एनर्गोस विन्टरलाई लक्षित गरेको थियो । उक्त आक्रमणपछि नजिकै अर्को ट्यांकर ग्यासलग सलेममा आगो लागेको थियो ।

दुई इरानी स्रोतहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उक्त आक्रमणको उद्देश्य द्वन्द्व अझ चर्किएमा विश्वव्यापी ढुवानी र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्नसक्ने सन्देश दिनु रहेको दाबी गरेको छ ।