काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृति अनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा प्राप्त गर्नेछन् । यस अवसरमा बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
एक कार्यक्रमकाबीच सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजबहादुर गिरी तथा नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए ।













प्रतिक्रिया