मुसलमानहरुले अन्य सबै धर्मको अपमान गर्दछन्, हिन्दूहरुले विशेषगरि मुसलमान धर्मको अपमान गर्दछन्, क्रिस्चियनहरु धार्मिक परिवर्तनविद्नै भइहाले । र, बुद्धिस्टहरुमा पनि तिब्बतमा एकथरि बुद्धिस्ट भक्तहरुले अन्य बुद्धिस्ट भक्तहरु पूर्णनस्ट गर्ने कु-प्रयास गरेको खोज्न धेरै पर पुग्न पर्दैन, नेपालमा शेर्पा समाज जीवित रहेको छ । सबै जातजाति, धार्मिक आस्थिक समाजले यही नै गरिरहेको थियो, छ र निरन्तर रहने छ । बिशेषगरी धार्मिक सवालमा स्वभक्ति धर्मको प्रचार, विकास र सम्बर्दन गर्नमा एक धर्म र एक भक्तहरुले अर्को धर्म अथवा बेग्लै भक्तहरुको अपमान र हत्या समेत गर्दै आएको थियो, गर्दै छ र गरिरहेने नै छ । यी सबै हुनुको मुख्यकारण रहेको छः आआफ्नो समाजको संस्कार, रितिरिवाज र धर्मको प्रचार, बिकास र सम्बद्र्धन गर्नु आआफ्नो सामाजिक जिम्मेवारी, कर्तब्य र अधिकार हो ठान्छौँ हामी “सामाजिक प्राणी” मानिसहरु ।
यी माथिका अर्थहरूमा, नेपालमा हिन्दूहरुले हिन्दू धर्मकै प्रचार, बिकास, सम्बद्र्दन र हालिमुली निरन्तर दिन खोज्नुमा सबै हिन्दु धर्माबलम्बी नेपालीहरुमा मानवता नै हरायो भन्न मिल्दैन । हिन्दू धर्ममा बर्ण बर्गीकरण रहनु सर्बसाधारण नेपाली हिन्दूहरुको दोष पनि हैन् । सबै धर्ममा कुनै न कुनै अर्थ र परिभाषामा बर्ण बर्गीकरणहरु रहेका छन्, बुद्धिस्टमा पनि रहेको छ । हिन्दू धर्ममा जतिसुकै सामजिक भेदभावहरु र कुरिति संस्कारहरु छन, त्यसबाट शोषित हुनेहरु मुख्यतयाः हिन्दूहरु नै रहेका छन । कुनै गैरहिन्दूहरु हिन्दू धर्मको सामजिक भेदभावहरु र कुरितिसंस्कारहरुबाट शोषित भएको थियो र छ भने, उनीहरु आफै आफ्नो अनुकुल अनुसार हिन्दू धर्मको सामाजिक संस्कारहरुमा सहभागिता रहेको थियो र छ, त्यो हिन्दूहरुको दोष मात्रै हैन्, गैरहिन्दूहरुको छक्कापना पनि हो ।
नेपाली एकता र नेपालमा शान्ति बिथोल्ने राजनैतिक पार्टीका दुष्ट र स्वार्थी शासक नेताहरुलाई (जातको होस् या जातिको, हिन्दु होस् या गैरहिन्दू) झुन्डाइ दिए हुन्छ । १० जना पार्टीका दुष्ट र स्वार्थी शासक नेताहरु मरेर हाम्रो नेपालमा सदियौँ शान्ति स्थापना र करोडौ नेपालीहरुमा देश भक्ति हुन्छ भने हामी सर्बसाधारण नेपालीहरुलाई के फरक पर्छ र ?
“नेपाल हिन्दू राष्ट्र” भन्ने नारा नेपालको राष्ट्रिय स्वतन्त्रता रोगी बनाउन भारतबाट आयात गरिएको एउटा सरुवा रोग मात्र हो । राजतन्त्रदेखि अहिलेसम्मका दुष्ट (चालक) नेपाली स्वार्थी शासकहरुले भारतबाट आयात गरेको यो सरुवा रोग असल नेपाली हिन्दू नागरिकहरुको मनस्थिति विषालु बनाउन निरन्तर राजनैतिक ट्रन्कुलाईजरको रुपमा प्रयोग गर्दै आएका छन् । सर्बसाधारण असल नेपाली हिन्दू नागरिकहरुमाथि र अन्य गैरहिन्दू नेपालीहरुमाथि दुष्ट (चालक) नेपाली स्वार्थी हिन्दू शासकहरुले आफ्नो पारिवारिक राजनैतिक शासन निरन्तरता दिननै नेपालमा हिन्दू धर्मको प्रभुत्व हुनु पर्ने नेतृत्व नाटक गर्दछन् । दुष्ट एवं स्वार्थी शासकहरुको यो राजनैतिक चाल कुनै नौलो हैन् । आफ्नो धार्मिक प्रभुत्वको नाटक गर्दै दुष्ट स्वार्थी मुसलमान शासकहरुले नै मुसलमानहरु माथि शोषण, दुष्ट र स्वार्थी बौद्धमार्गी शासकहरुले नै बुद्धमार्गीहरुमाथि शोषण, दुष्ट स्वार्थी क्रिश्चियन शासकहरुले नै क्रिश्चियनहरुमाथि शोषण र दुस्ट एवं स्वार्थी नेपाली हिन्दू शासकहरुले नै नेपाली हिन्दूहरुमाथि शोषण गर्दै आएका छन् र निरन्तर रहने छ ।
नेपालमा राज्य सत्ता प्रणाली र धार्मिक तथा सामाजिक भेदभावहरुमा सुधार ल्याउन नेताहरुको चर्को भाषणमा ताली मारेर हुनेवाला छैन् र फुर्सद खोज्दै सडकमा जुलुस निकालेर पनि हुनेवाला छैन् । नेताहरुको चर्को भाषण भनेको आगोमा मट्टितेल हालेको हो र सडकमा जुलुस निकाल्नु भनेको हात्तीको अघिपछि कुकुरहरुको बथान जानु मात्रै हो । नेपालमा राज्य सत्ता प्रणाली र धार्मिक तथा सामाजिक भेदभावहरुमा सुधार ल्याउन सबै खाले धार्मिक आस्था रहेका नेपालीहरुले पहिले आआफ्नो समाजको दुष्ट, स्वार्थी र शोषक राजनैतिक नेताहरु नस्ट गर्नुपर्दछ, जसरी रामले रावणलाई र बुद्धले असुरलाई नष्ट गरेका थिए । नेपाली दुष्ट र स्वार्थी शाषकहरुको हकमा यहाँ ‘नस्ट’ को अर्थहरूमा मतदान नगर्ने, जुत्ताको माला लगाइदिने, चप्पलले गालामा थप्पड दिनेदेखि शिरमा गोली बर्साउनेसम्म सबै उपायहरु समय सान्दर्भिक रहनेछ ।
मुलुकको दिशा र भूभाग पुर्व, पश्चिम, उत्तर, दक्षिण, हिमाल, पहाड, मधेश हुन सक्छ तर मुलुक एउटै हुन्छ, नेपाल । ब्यक्ति हिन्दू, बुद्धिस्ट, मुसलमान, क्रिश्चियन जातको, जातिको हुन सक्छन, तर नागरिक एउटै हुन्छ, नेपाली । सामाजिक संस्कार बेग्लाबेग्लै हुन सक्छ तर नेपालीहरुको एउटै मात्र धार्मिक संस्कार हुन्छ र हुनु पर्छ, त्यो हो नेपाल बिकास गर्ने र नेपालीहरुको जीवनस्तर सुधार गर्ने । नेपालमा धार्मिक बिभाजन, जातीय बिभाजन, क्षेत्रिय बिभाजन सर्बसाधारण नेपालीहरुको चाहना र माग हैन, राजनैतिक पार्टी र नेताहरुको शासकीय कुर्सी जतन गर्ने चाल र चलनहरु हुन् । नेपालको माया छ भने अब नेपालमा एकथरिका सर्बसाधारण नेपालीले अर्कोथरिका सर्बसाधारण नेपालीलाई घृणा, रिस गर्ने मनस्थितिहरुबाट टाढिनुपर्छ । नेपालमा शान्ति ल्याउनु छ भने अब नेपाली नागरिकहरुले कुनै पनि पार्टी एवं नेताहरुको नेतृत्व भरोसाबाट टाढिनु पर्छ ।
नेपालमा अब नेपाली नागरिकले बोल्ने र नेतृत्व गर्ने समय आएको छ । “नेपाल हिन्दु राष्ट्र” हुनुपर्छ भनि वकालत गर्ने बाहुनक्षेत्री राजनैतिक पार्टीहरुका नेताहरुलाई हिन्दूहरुले नै भन्नुपर्छ- ‘नेपालीले नेपालीलाई नष्ट गर्ने समय र चाहना मेरो छैन् । ‘नेपाल हिन्दू राष्ट्र” हुनुहुन्न भनी वकालत गर्ने जनजाति र मधिसे राजनैतिक पार्टीहरुका नेताहरुलाई जनजाति र मधिसेहरुले पनि नेतामाथि अब प्रश्न तेर्साउनुपर्ने भएको छ ।नेपालमा अब नेपाली नागरिकले बोल्ने र नेतृत्व गर्ने समय आएको छ।
नेपालमा अब नेपाली नागरिकले एउटै बोलीमा बोल्ने र नेतृत्व गर्ने समय आएको छ। नेपाली एकता र नेपालमा शान्ति बिथोल्ने राजनैतिक पार्टीका दुष्ट र स्वार्थी शासक नेताहरुलाई (जातको होस् या जातिको, हिन्दु होस् या गैरहिन्दू) झुन्डाइ दिए हुन्छ । १० जना पार्टीका दुष्ट र स्वार्थी शासक नेताहरु मरेर हाम्रो नेपालमा सदियौँ शान्ति स्थपना र करोडौ नेपालीहरुमा देश भक्ति हुन्छ भने हामी सर्बसाधारण नेपालीहरुलाई के फरक पर्छ र ? दुष्टहरुको नष्ट गर्ने चलन त सबै धर्महरुमा छन् ।














प्रतिक्रिया