२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ : आरेन राई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देश चलाउन नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देश चलाउन नसक्ने भए हाट ठड्याउन सुझाव दिएका हुन् ।

उनले भने ‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ । रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’

देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने उनको भनाइ छ ।