२९ आश्विन २०८३, बिहिबार

कुमारी बैंकको २ लाख ५८ हजार संस्थापक सेयर बिक्रीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहने बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन बुझाउनुपर्नेछ । सेयरको बिक्री मूल्य भने सम्बन्धित विक्रेताले निर्धारण गरेबमोजिम हुनेछ ।

बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा प्रचलित व्यवस्थाअनुसार उक्त सेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।