काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समसमायिक राजनीतिक विषयमा मन्तव्य दिएसँगै केन्द्रीय समिति बैठक सुरू भएको हो ।
आजदेखि सुरू भएको बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुने तय भइसकेको छ । जसमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।
चितवनमा हालै सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो ।











प्रतिक्रिया