काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुदन गुरूङ सर्वदलीय बैठकमा उपस्थित नभएकोप्रति कटाक्ष गरेका छन् ।
सुनसरी लगायतका घटनामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री साह र गृहमन्त्री गुरूङ बैठकमा नगएपछि बास्कोटाको कटाक्ष आएको हो ।
‘प्रम र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उनको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले दुखद् विषय नै हैन, ती त मशान जाग्ने बेला बिउँझन्छन अनि स्टाटसमा साक्षात्कार हुन्छन,’ उनको कटाक्षमा उल्लेख छ, ‘र, अर्को होटल र नाकामा छापा मार्दा धम्काउँदै गर्जेको देखिन्छ । दुःखको कुरा सभापति आफ्नै सत्ता निरिह बन्नु हो ।’













प्रतिक्रिया