काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिएको छ । कांग्रेसका पाँच मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उनीहरुले सामूहिक राजीनामा बुझाएका हुन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी रहेका थिए ।
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।
कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा एमाले र नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ । नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँटका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ ।













प्रतिक्रिया