२८ आश्विन २०८३, बुधबार

निराशा हटाएर आशा र विश्वास जगाउनुपर्नेमा सरकार सस्तो प्रचारमा केन्द्रित भयो : उनेपा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले वर्तमान सरकार समग्र अर्थतन्त्रमा देखिएको निराशा हटाएर आशा र विश्वास जगाउनुपर्नेमा सस्तो प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको टिप्पणी गरेको छ ।

काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्ति केन्द्रित निर्णय शैली प्रभावशाली बन्दै गएको जनअनुभूति बढिरहेको बताए ।

उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बन्ने जोखिम रहेको टिप्पणी गरे ।

घिसिङले बाहिरबाट नियुक्त स्वकीय र सल्लाहकारहरूको मन्त्रालयका सचिव तथा कर्मचारीमाथिको हस्तक्षेपका कारण स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश बनेको पनि दाबी गरे ।

केन्द्रीय समिति बैठकले सरकारका जनहितकारी नीतिलाई रचनात्मक सहयोग गर्ने, तर जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, भ्रष्टाचार संरक्षण तथा राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढङ्गले सशक्त विरोध गर्ने निर्णय गरेको उनेपाले जनाएको छ ।