२९ आश्विन २०८३, बिहिबार

नेशनल लाइफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुरमा एक प्रशिक्षण एवं सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा यस सफलताका लागि सहयोग गर्ने नियमनकारी निकाय, ग्राहक वर्गहरु, अभिकर्ताहरु लगायत कम्पनीसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । साथै, उनले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरुलाई अझ बढी सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आ–आफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षासहित अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउनेतर्फ कम्पनीको विशेष ध्यान रहने बताए ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनु पर्ने क्रियाकलापहरुको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै गहन प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमको समापनतर्फ स्ट्याण्ड अप कमेडीयन सुमन कार्कीको कमेडी प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरु रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुति रहेको थियो भने कन्सर्टको मुख्य आरम्भ नेपलाका चर्चित गायक दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाइभ प्रस्तुति र चर्चित डिजे अमुको प्रस्तुतिमा सहभागी अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।