१० श्रावण २०८३, आइतबार

रास्वपा सांसद पौडेलमाथिको दुर्व्यवहार निन्दनीय : गगन थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको दुर्व्यवहारको निन्दा गरेका छन् ।

थापाले लोकतन्त्रमा विचार फरक हुनसक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गर्दै कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।

‘लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ । तर कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ।’ थापाले फेसबुकमा लेखेका छन् ।