१० श्रावण २०८३, आइतबार

फ्रान्स र स्पेनको डढेलोबाट २ लाख ५० हजार मानिस विस्थापित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । दक्षिण पश्चिम फ्रान्समा तीव्र हावाका कारण आगोको लप्का बोर्डो सहरतर्फ बढिरहेकाले दमकलकर्मीहरूलाई डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।

आगो नियन्त्रणका लागि लागि परेका एक अधिकारीका अनुसार उनीहरू आगोलाई नियन्त्रणमा लिनसक्ने अवस्थाबाट अझै धेरै टाढा रहेको र डढेलो नियन्त्रणभन्दा बाहिर रहेको जनाएका छन् । फ्रान्स र स्पेनमा केही दिन फैलिएको डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका बीबीसीले जनाएको छ ।

हावा र उच्च तापक्रमले आगो नियन्त्रणको प्रयासमा बाधा पुर्‍याइरहेको उनीहरूको भनाइ रहेको छ । गएराति बोर्डोको पश्चिममा रहेका ७ वटा सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो । आपतकालीन अवस्था घोषणा गरिएपछि स्पेनमा मौसममा आएको परिवर्तनले म्याड्रिड बाहिर खटिएका दमकलकर्मीहरूलाई भने केही राहत पुर्‍याएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी समय थप जटिल हुने स्वीकार गरेका छन् ।

यसैबीच, भ्यालेन्सियाका अधिकारीहरूले डढेलोमा परी एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, मनिसेसस्थित ‘साल्ट डे ला आइगुआ’ खोल्सामा लागेको आगो निभाउने क्रममा दमकलकर्मीहरूले ७० वर्षको हाराहारीमा रहेका ती व्यक्तिलाई कारभित्र मृत अवस्थामा फेला पारेका थिए ।

फ्रान्समा, दक्षिण पश्चिमी क्षेत्रहरू जिरोन्ड र ल्यान्ड्सबाट करिब २ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सले डढेलो नियन्त्रणको प्रयासमा सघाउन सेना परिचालन गरिएको छ भने झाडी सफा गर्ने र ‘फायर ब्रेक’ अर्थात आगो फैलिन नदिने खाली ठाउँ निर्माण गर्ने कार्यमा दमकलकर्मीहरूलाई सहयोग गर्न सेनाबाट थप टोलीहरू पठाइएका छन् ।

शनिबार बिहानसम्म डढेलो बोर्दो सहरबाट करिब ४० देखि ५० किलोमिटरको दूरीमा थियो । तैपनि, तीव्र हावाले धुवाँलाई सहरतर्फ धकेलिरहेको थियो र मानिसहरूले हावामा तीखो गन्ध महसुस गरिरहेका थिए । बोर्दो नजिकै फैलिँदै आएको डढेलोबाट परिवारसहित भागेका एक पर्यटकले आगोको विकराल रूपलाई डरलाग्दो भनेर वर्णन गरेका छन् ।