९ श्रावण २०८३, शनिबार

आन्दोलन समाप्त भएको कक्रोच जनता पार्टीको घोषणा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा जारी कक्रोच जनता पार्टी (सिजेपी)को एक महिना बढी समयदेखिको विरोध प्रदर्शन शनिबारबाट समाप्त भएको छ ।

सिजेपीले आजैबाट तत्काल लागू हुनेगरी आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।

यो घोषणा आज केन्द्रीय सरकारसँगको वार्ताको तेस्रो चरणपछि आएको हो ।

वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन अन्त्यको संयुक्त घोषणा गरेका हुन् ।

प्रवक्ता आशुतोषले सरकारसँग तीन चरणमा वार्ता भएको र आफ्ना तीनै वटा मागहरू सरकारले स्वीकार गरेको जानकारी दिए । उनका अनुसार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनकारीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता र नीट पीडित परिवारलाई १/१ करोड रुपैयाँ क्षतिपूर्ति दिने मागमा सरकार सहमत भएको छ ।

सिजेपीले देशभरबाट आएका प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा घर फर्कन आग्रह गरेको छ ।

यसअघि आजै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

Skip This