९ श्रावण २०८३, शनिबार

ट्रम्पको दाबी– म निर्वाचित नभएको भए इजरायल भन्ने देश नै रहन्थ्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक निर्वाचित नभएको भए इजरायल भन्ने देश नै नहुने दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले पुनः निर्धारित गरेको ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ अघि पत्रकारहसँग कुराकानी गर्दै सो दाबी प्रस्तुत गरेका हुन् ।

‘यदि म निर्वाचित नभएको भए मेरो विचारमा इजरायलको अस्तित्व नै रहने थिएन । उनीहरूमाथि आणविक हतियारबाट आक्रमण भइसकेको हुने थियो,’ राष्ट्रपति ट्रम्पले शुक्रबार ओभल अफिसबाट भने ।

‘यदि इरानसँग आणविक हतियार भएको भए, उनीहरूले त्यसको प्रयोग गर्ने थिए,’ ट्रम्पले भने, ‘आज हामीले चिनेजस्तो मध्यपूर्व सायद रहने थिएन तर मेरो विचारमा इजरायल त पक्कै पनि रहने थिएन ।’ यसअघि आयोजना गरिएको ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’मा गोलाबारी भए पछि यो दोस्रोपटक ट्रम्पले पत्रकारहरूसँग सामूहिक भेटको आयोजना गरेका हुन् ।

त्यसैले होला राष्ट्रपति ट्रम्पले पुनः निर्धारित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ र आफ्नो राष्ट्रपतिकालका बारेमा ठट्टा गर्दै भने, ‘दोस्रोपटकको प्रयास नै सफल हुन्छ, मेरो राष्ट्रपतिकाल जस्तै दोस्रोपटक सधैं राम्रो हुन्छ अनि तेस्रोपटक त अझ राम्रो हुनेछ ।’

त्यसो त ट्रम्पले बुलेटप्रुफ भेस्ट नलगाउने भन्दै पत्रकारसँग ठट्टा पनि गरेका छन्, उनको कुरा अनुसार सो ज्याकेटले अझ मोटो देखाउँछ । खासमा यसअघि ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’को कार्यक्रममा एक बन्दुकधारीका कारण अवरोध सिर्जना भए पछि राष्ट्रपति ट्रम्पले आफूले किन बुलेटप्रुफ भेस्ट लगाउन नचाहेको भन्नेबारे ठट्टा गरेका हुन् ।

‘आज राति सबैजना निकै राम्रा देखिनुभएको छ । मलाई थाहा छ, बुलेट प्रुफ भेस्टसँग सुहाउने जुत्ता खोज्न सजिलो थिएन, धेरै मानिसहरू त यो लगाउनै चाहँदैनथे किनभने उनीहरू २० पाउन्ड बढी तौल भएको देखिनुभन्दा बरु मर्नै रुचाउँछन्,’ उनले यसअघि हमलाको स्मरण गर्दै यो ठट्टा गरेका हुन् ।

Skip This