– एनपी प्रधान (भरत)
साउदी अरब । रक्त क्यान्सरबाट पीडित एक बालकको उपचारका लागि साउदीमा क्रियाशिल नेपाली संस्था फ्रेण्ड्स अफ नेपाल साउदी अरेबियाले आर्थिक सहयोग प्रदान गरेको छ ।
रक्त क्यान्सरबाट पीडित भई हाल काठमाडौं शिक्षण अस्पतालमा उपचाररत पर्सा जिल्लास्थित निर्मल बस्तीका ४ बर्षीय रिहान श्रेष्ठको उपचारका लागी फ्रेण्ड्स अफ नेपालले ३६ हजार २ सय ६१ रुपैया नगद आर्थिक सहयोग प्रदान गरेको हो ।
सहयोग रकम बैदेशिक रोजगारीका लागि साउदीमा रहेका पीडित बालकका पिता रेशम बहादुर श्रेष्ठलाई संस्थाका प्रमुख सल्लाहकार राम श्रेष्ठले शुक्रबार एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो । आर्थिक अभावमा पीडित बालकको उपचार नरोकीयोस् भन्ने उद्धेश्यले सानो मात्रमा भएपनि आर्थिक सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।
















प्रतिक्रिया