पर्सामा । पर्सामा चट्याङ लागेर सात जना महिला घाइते भएका छन् ।
पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका हुन् ।
घाइते हुनेमा पकहामैनपुर गाउँपालिका–१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, अन्दाजी ५५ वर्षीया राधिका देवी सहनी, अन्दाजी ५५ वर्षीया रिता देवी सहनी, अन्दाजी ५२ वर्षीया कुश्मी देवी सहनी, अन्दाजी ४२ वर्षीया सन्ध्या देवी, अन्दाजी ३५ वर्षीया प्रमिला सहनी र अन्दाजी ३५ वर्षीया संगीता देवी रहेका छन् ।
कुश्मी देवी सहनीको अवस्था गम्भीर छ ।













प्रतिक्रिया